Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रसुवामा ईभी भ्यान त्रिशूली नदीमा खस्यो, चालक बेपत्ता

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चिलिमे पुल नजिक शनिबार साँझ एउटा ‘अनटेस्ट’ ईभी भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। दुर्घटनामा चालक पनि सम्पर्कविहीन भएका छन्।

प्रहरीका अनुसार स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान साँझ करिब ५:४५ बजे पासाङल्हामु राजमार्गबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा परेको सवारीसाधन नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। चालकको पहिचान अझै खुल्न सकेको छैन।

गाडीमा चालकबाहेक अन्य यात्रु थिए वा थिएनन् भन्ने विषय पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।