Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रसुवामा १८४ औं पटक रक्तदान गर्दै प्रेमसागर

सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज आफ्नै पुरानो रेकर्ड तोड्दै १८४औं पटकको रक्तदान रसुवाको कालिका गाउँपालिकामा गर्नुभएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एस।एल।सी। २०५६ व्याज समूहले संयुक्तरुपमा आयोजित सो कार्यक्रममा जम्मा ८६ जनाले रक्तदान गर्नुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि बाबुलाल तामाङ सभापति नेरेसो रसुवा र अध्यक्ष नागरिक समाज रसुवाले सर्वाधिक स्वयंसेवी शतक रक्तदातालाई कर्माचार्यलाई दोसल्ला ओढाई सम्मान(पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियोे । त्यसैगरी कार्यक्रमका विशेष अतिथि एवं कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले पनि कालिका गाउँपालिकाको तर्फबाट पनि दोसल्ला ओढाएर सम्मान(पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियोे ।


कालिका हिमालय एस।एल।सी। २०५६ बाय्‌ज अध्यक्ष रामप्रसाद डकाल र नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष रामशरण गजुरेलको संयुक्त सभाध्यक्षतामा सञ्चालि उक्त कार्यक्रममा झमप्रसाद आचार्य प्रमुख जनस्वास्थ्य कार्यालय धुन्चे रसुवाका अतिथि रहनु भएका थिए । रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रममा सम्मानित व्यक्ति कर्माचार्यले प्रशंसा(पत्र बितरण गर्नुभएको थियोे ।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल