Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल मामिलाका जानकार भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । झण्डै दुई वर्ष अगाडि मृगौला प्रत्यारोपण गराएकी स्वराजको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो ।
२५ वर्षको उमेरबाटै राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् भने सातपटक सांसद भएकी थिइन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्थ्यो ।
उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत राजनीतिक दलका सबैजसो नेताहरुले श्रदाञ्जली दिँदै एक असाधारण नेताको निधनले देश शोक परेको बताएका छन् ।
स्वराजको पार्थिव शरीर आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ भने त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिने तयारी भइरहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल