Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रहेनन् प्रधानमन्त्रीका राजनीतिक गुरु

एजेन्सी । गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलको मृत्यु भएको छ । उनको बिहीबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनी घरमै आराम गर्दै बसेका थिए । आज बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि अहमदाबादमा रहेको अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गत महिना उनलाई कोरोनाभाइरस लागेको थियो । सन् १९९५ मा अनि सन् १९९८ देखि २००१ सम्म उनी दुईपटक गुजरातका मुख्यमन्त्री बनेका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २००१ मा केशुभाइले नै गुजरातको मुख्यमन्त्री बनाएका थिए ।

मोदीले ट्वीट गरेर केशुभाइको मृत्युमा दुःख प्रकट गरे । पटेलले भाजपाका धेरै युवा कार्यकर्तालाई राजनीतिक दीक्षा दिएको उनले बताए । पटेलले गुजरात विधानसभा चुनाव ६ पटक जितेका थिए । सन् २०१२ मा उनले भाजपा परित्याग गरी गुजरात परिवर्तन पार्टी नामक नयाँ दल खोलेका थिए । सन् २०१२ को विधानसभा चुनावमा उनी विजयी भएका थिए तर स्वास्थ्य बिग्रँदै गएपछि सन् २०१४ मा उनले राजीनामा दिए ।
सन् १९४५ मा राष्ट्रिय स्वयंसेवक संघमा प्रचारकका प्रवेश गरेका पटेललाई सन् १९७५ मा लागू गरिएको संकटकालमा कारागार पठाइएको थियो ।


सम्बन्धित समाचार