Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजदूतमा लोभियो एमाले

काठमाडौं । काँग्रेससँगको गठबन्धनका तीन कुलंघार कुलदेवी डा. आरजु राणा, डा. प्रकाशशरण महत र मोहन बस्नेतको मनपरी धान्न नसकेर विचार, सिद्धान्त, नमिले पनि कार्यक्रम कहीं कतै मेल खाएकै कारण एमालेसँग सत्ता गठबन्धन गरेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले थकथकाएका छन् । सहमति गर्दा राष्ट्रिय ठग रवि लामिछानेलाई गृहमन्त्री दिनै पर्ने केपी ओलीको अडानकै कारण सरकारले ११ देशका राजदूत फिर्ता ग¥यो । त्यो ठाउँमा एमालेले आठ, रास्वपा दुई, जमत र नेकपा एकीकृत समाजवादीले एक÷एक राजदूत पाउनै पर्ने अहंकार प्रस्तुत गरेर वर्तमान सरकारलाई जनता र राष्ट्रको विपक्षीका रुपमा चिनाएका छन् ।
एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीलाई जसरी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अत्याउनु परेको छ । केपी ओली आफूले गरेका संविधान विपरितका निर्णयलाई वैधानिकता दिनुछ । जनताको समस्या तत्काल समाधान गर्नु वर्तमान सरकारको दायित्वभित्र पर्छ । तर सरकारले कालो बजार, महंगी, भ्रष्टाचारको नियन्त्रण गर्नेमा छैन, बरु जसरी पनि आफ्नालाई राजनीतिक नियुक्ति दिलाउनेमा ध्यान छ । एमालेका अध्यक्ष ओलीले राजदूत नियुक्तिमा लिएको अडान र सहकारी ठगलाई काखी च्यापेर आफ्नो हैकम प्रदर्शन गर्नुमै गर्व छ । जनतासँग विकासमा जोडिएको भौतिक पूर्वाधार उभपोक्तासँग जोडिएको उद्योग, बाणिज्य तथा आपूर्ति र कानुनी सुधार गर्ने मन्त्रालय एमालेले नै लिएको छ । तर अध्यक्ष ओलीलाई भ्युटावर र जाली योजनामा पैसा परेन भन्दै बजेट एमालेको पक्षमा नभएको बताउँदै सांसदहरूलाई संसदमा विपक्षी बन्न लगाउनु नै बहादुरी बन्दैछ । ११ देशका राजदूतमा आठ राजदूत दाबी गर्नु नै एमाले जनता र राष्ट्रका लागि कति चिन्ता प्रकट गर्छ त्यो देखियो । भ्रष्टाचारीको संरक्षक भएर एमाले सहकारी ठग र गिरिबन्धु टिइस्टेटको जमिन माफियाकै हित हुने गरी विगतमा खाएको घुस पचाउन विधेयक ससदमा लगेको छ । आफ्नै कानुन मन्त्री र भूमिसुधार मन्त्री भएका कारण गिरिबन्धुको अपराध कानुनी तबरले छोप्ने एमालेको दाउ छ । ओलीले आफ्नो लागी ८ राजदूत कब्जा गरेर मात्र भएन रास्वपा र जनमतलाई समेत ओलीले उचालेका कारण भ्रष्टाचारमा चुर्लुम्म डुबेका युवतीप्रेमी पूर्व सहरी विकास सचिव रमेश सिंहलाई राष्ट्रिय योजना आयोगका सदस्यमा रास्वपाले पठायो । सिके राउतलाई सरकारमा भिœयाउन उपप्रम सहित परराष्ट्रमा पठाएर नाउपाकी रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय रोज्न उचाल्ने केपी ओली नै हुन् । माओवादीलाई आफैंजस्तो पंगु बनाएर केपीले एमालेलाई जसरी गैर जिम्मेवार बनाएका छन् त्यस्तै बनाउने दाउमा छन् । माओवादीको प्रतिष्ठाको विषय बनेको टिआरसी विधेयक जसले अवसरमा जे माग्यो त्यो दिएर पारित गर्नु परेको छ । त्यो विधेयक देखाएर एमालेका जासुस र काँग्रेसी गुप्तचरलाई कमाउने ठाउँ भएको छ । एमालेका केपी ओली जस्तो जिम्मेवारहिनलाई सरकारको नायक बनाउँदाको फल अहिले माओवादीले भोग्दैछ । त्यसको उदाहरण जनतामाथि ऋण थोपरेर आफू राजा बन्ने केपी ओली शैली साक्षी छ । संयुक्त सरकारको बाध्यता हुन्छ । सरकारमा सहभागी सबै दलको दायित्व बराबर हुन्छ । तर एमाले आफू बाहेक अरु दलहरूलाई दास ठान्छ । ती दासले गरेको अपराध छूट गराउँदा आफ्नै पार्टीसँग जोडिएकाहरूलाई उम्काउन खोज्दैछ । सहकारी ठग इच्छाराज तामाङदेखि केबी उप्रेतीसम्म एमालेका छन् । त्यो सिकाउने एमाले नै हो । जनताको सेवाक म भन्दा अरु छैन भन्ने केपी ओलीकै कारण राज्यबाट प्राप्त हुने सेवा सुविधा जनताले पाएको छैन । गणतन्त्र, संघीयता, समावेशिताको मर्म र भावनामाथि घात भएको पनि कम्युनिष्ट पार्टीबाट हो काँग्रेसबाट आर्थिक सुधार हुँदैन भन्ने कुरा डा. प्रकाशशरण महतको नालायकी हो । संसदमा माओवादीका ३२ सिट छन् । राष्ट्रियसभामा १९ सिट छ । एमाले ७९ संघीय संसदमा, राष्ट्रियसभामा १० सिट छ, काँग्रेस संघीय संसदमा ८८, राष्ट्रियसभामा १६ सिट छ । दुई ठूला दललाई कजाएर ३२ सिटे पार्टीले सरकारको नेतृत्व गर्नुमा पार्टीका केही नेतालाई फाइदा पुगे पनि कार्यकर्ता र जनतालाई स्वाद छैन । किनकि माओवादीमा पनि पद र कुर्सीका लागि जनार्दन शर्माहरू मरिमेटेका छन् । त्यहाँ अर्का सदाबहार अवसरवादी नारायणकाजीको पद पनि धरापमा पर्दैछ ।


सम्बन्धित समाचार