Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीति भाँडिदा पूर्व राजा समेत अक्रोशित

काठमाडौं । राजनीतिक अस्थिरताले मुलुक अक्रान्त भएको बेला पूर्वराजा ज्ञानेन्द्र शाह समेत आक्रोशित बनेका छन् । पूर्व राजा ज्ञानेन्द्रले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको आरोप लगाएका छन् । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ, पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन् । यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् । यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल