Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक समीकरण बिग्रन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने विश्वास व्यक्त गरेका छन्। पार्टीको स्थायी कमिटी बैठकपछि बाहिरिँदै गर्दा उनले पत्रकारहरूलाई छोटो जवाफ दिए ‘राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिनुहुन्न मैले बुझेसम्म।’ पत्रकारहरूले उनलाई राजनीतिक समिकरण के हुन्छरु भनेर सोधेका थिए जवाफमा उनले भने ‘केही हुन्न‘।’ भोलि फेरि बस्नेगरी आज स्थगित भएको माओवादीको स्थायी कमिटी बैठकले केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा अझै बाँकी रहेको भन्दै त्यो पार्टीले ‘धैर्य’ गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ। बिहीबार बसेको स्थायी कमटिको बैठकपछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रालयका विषयमा रास्वपाले अझै केही समय धैर्यता गर्नुपर्ने बताए। ‘मुद्दा अझै सकिएको छैन। मन्त्रालय के गर्ने भन्नेबारे निर्णय गर्नै बाँकी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ।’ रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्छ भनेर भनिरहेका नेकपा एमालेका अध्यक्ष ओलीको त्यो बोली उनको निजी अभिव्यक्तिमात्रै भएको पनि महराले बताए। नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सबै पदहरू गुमेका छन्। फैसलापछि जिल्ला प्रशासन कार्यालयबाट उनले पुनस् नागरिकता लिएर पार्टी सभापतिमा बहाली भए पनि उनले जितेको क्षेत्रमा भने उपनिर्वाचन हुनेछ। तर उनको राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्रालय आफ्नो भागमा परेको भन्दै त्यो नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भने सर्वोच्च फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालयबारे कुनै निर्णय नहुने बताएका छन्। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।