Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राप्रपाको महाधिवेशनले वाञ्छित लक्ष्य प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु । यो शुभकामलाई जोड दिनका लागि दुईवटा पृष्ठभूमि उल्लेख गर्छु । हामीले २००७ सालदेखि अहिलेसम्म चारवटा राजनीतिक परिवर्तन बेहोर्यौँ । तीनवटा राजनीतिक परिवर्तनप्रति नेपालका राजनीतिज्ञ र राजनीतिक पार्टीहरूको विश्लेषण, मूल्यांकन एकपाखे रहेको धारणा हामीले चितवनमा कार्तिक २७ देखि २९ मा गरिएको आठौँ राष्ट्रिय महाधिवेशनमा संस्थागत गरेका छौँ ।
२००७ साल, २०४६ साल र २०६३ साल जुन राजनीतिक परिवर्तन भए, निःसन्देह ती प्रजातान्त्रिक राजनीतिक परिवर्तन हुन् । तर इतिहास र तथ्य केलाउँदा हामीले के देख्यौँ भने तिनीहरु प्रजातान्त्रिक परिवर्तनमात्र नभएर अवाञ्छित बाह्य प्रभाव र अनुचित बाह्य हस्तक्षेपसहितका प्रजातान्त्रिक परिवर्तन हुन् । मैले व्याख्या गरिनँ ।
हामीले इतिहास पढेका छौँ । र दूर्गति भोगेका छौँ । हामी प्रष्ट छौँ । हामीले अहिलेसम्म तिनीहरुलाई प्रजातान्त्रिक परिवर्तन भन्दै गयौँ । र, हामीमाथि थोपरिएका अवाञ्छित बाह्य हस्तक्षेप र प्रभावलाई हामीले अन्देखा ग(यौँ । शिवाय २००७ सालपछि २०११ साल चैत १ गते राजा बनेका महेन्द्रले त्यसबेला दिल्ली सम्झौताबाट आएका जुन अवाञ्छित प्रभाव र हस्तक्षेप थिए, अधिकांशलाई वहाँले खारेज गरिदिनुभयो । यदि वहाँले पहिलो दिल्ली सम्झौताबाट आएको पाँचौ कुरा विधानसभा भन्ने संयन्त्रको चुनाव गरेर त्यसमार्फत नेपालको संविधान ल्याउने कुरा, त्यसभित्र लुकेको जुन मनसाय थियो, त्यसलाई देशका अरु नागरिक नेताहरुले बुझेको मैले देखिनँ ।
बुझे त युवराज महेन्द्रले, बुझे त राजा महेन्द्रले । त्यसको एक शब्द सार्वजनिक विरोध नगरी, पन्छाउँदै पन्छाउँदै विधानसभालाई तुहाइ दिए । तब नेपाल आज जिउँदो छ । बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा ७० वर्ष–७२ वर्ष लगाएर एकीकरण भयो । त्यसपछिका कयौँ श्री ३, श्री ५ हरु एउटा दुईटाले देशको पक्षमा काम गरेका छन् । तर, सिङ्गो नेपाल भारतमा गाभिएको सिक्किम हुनबाट रोक्नका निम्ति, सिङ्गो नेपाललाई भुटान बन्नबाट रोक्नका निम्ति कुनै नेताले, कुनै नेपालीले पृथ्वी नारायण शाहपछि कदम चालेको छ भने ती राजा महेन्द्र नै हुन्
२०८३ असार ६
ताजा नेपाल
२०८३ असार ६
ताजा नेपाल
२०८३ असार ५
ताजा नेपाल