Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजीनामा दिएर चुनावी अभियानमा लाग्ने बालेनको घोषणा, झापातिरै नजर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन्। माघ २ वा ४ गते काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि बालेन पहिलो चुनाव प्रचारको लागि झापा पुग्ने उनको सचिवालयका एक सदस्यले नेपालखबरलाइ जानकारी दिए। मेयर साबले आन्तरिक तयारी गरिरहनु भएको छ, महानगरबाट माघ २ वा ४ गते राजीनामा दिएर उहाँ चुनावी प्रचारमा निस्कनु हुन्छ, ती सदस्यले भने, झापा ५ बाट चुनाव उठ्ने भन्ने छ, प्रचार अभियान पनि त्यहीँबाट सुरु गरेर सकभर १६५ वटै निर्वाचन क्षेत्रसम्म पुग्ने भन्ने छ। रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवार तय गरेर चुनावमा जाने निर्णय गरिसकेको छ। झापा ५ बाट उठ्न उनलाई रास्वपाका नेताहरूले दबाब दिएका छन्। उहाँलाई झापा ५ बाट उठ्न धेरैले सुझाव दिएका छन्। हामीले झापा ५ को पुरै बस्तुस्थिती अवलोकन र सर्वे गरिसकेका छौँ,’ अर्का एक सदस्यले भने, ‘उहाँको खोजी व्यापक भएको पाइयो। त्यसपछि मेयर साबको झापा ५ बाट उठ्ने चाहना बढेको छ। आइतबार रास्वपा झापाका अध्यक्षसहित टोलीसँगको भेटमा पनि बालेनलाई झापा ५ बाटै चुनाव लड्न आग्रह गरिएको छ। त्यसपछि उनले आइतबार साँझ नै सामाजिक संजालमा स्टाटस लेखेर अब काठमाडौँ बाहिर चुनावी अभियानमा निस्कने संकेत गरेका छन्— शुभकामना सबैलाई११ हामी आउँदै छौं ११


सम्बन्धित समाचार