Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राजेश हमाल ढल्कँदो उमेरसँगै पछिल्लो समय गायनमा व्यस्त हुन थालेका छन् । उनले दुई महिनाअघि मात्र नयाँ गीत ‘मन बुढो भएन राजै मन बुढो भएन‘’ आफ्नो स्वर र अभिनयमा बजारमा ल्याएका थिए । त्यसपछि उनलाई थुप्रै गीत गाउने प्रस्ताव आयो । ती प्रस्तावमध्ये उनले गीतकार गोविन्द भट्टको नयाँ गीत ‘म त हजुर गाउँले ठिटो‘’ यतिबेला आफ्नो स्वरमा रेकर्ड गराएका छन् ।
केही दिनअघि मात्र अभिनेता हमालले अब आफू गायनमा निरन्तर जाने बताएका थिए । उनको गीत गाउने चाहना मिडियाबाट व्यक्त गरेपछि उनलाई गायनमा प्रस्ताव आएको हो । सोही क्रममा आफूलाई गीत मन परेर यो नयाँ गीत पनि गाएको बताएका छन् ।
काठमाडौंको अर्केस्टिक स्टुडियोमा तीन दिन अघि यो रेकर्ड भएको यो गीत निकै राम्रो बनेको अभिनेता तथा गायक हमालले बताएका छन् । यो गीत आम नेपालीको कथा व्यथामा आधारित रहने हमालको कथन छ । यो गीतमा सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।
सन्तोषको भनाइमा गीतकार गोविन्द भट्टराईले प्रस्ताव राखेपछि हमालले उनको प्रस्ताव सहजै स्विकारे । गीतकार गोविन्दसँग केही साताअघि सन्तोषको नयाँ गीत ‘हल्का हल्का लजाएर‘’ को भेटमा हमालको भेट भएको थियो । ‘हल्का हल्का‘’जस्तो सजिलो गीत पाएमा आफूले पनि गाउने चाहना त्यतिबेला राजेशले व्यक्त गरेका थिए । हमालको त्यो चाहनालाई बुझेर गोविन्दे लोक पप शैलीको गीत तयार गरे । हमाललाई शब्द र लय मन परेपछि उनी यो गीत गाउन तयार भएका रहेछन् ।
‘महानायक हमालले ‘हल्का हल्का‘’ शैलीको लोक पप गीत गाउन सक्छु भनेपछि उहाँको स्वरमो सुहाउनेगरी मैले गीत तयार गरें । केही दिनको अभ्यासपछि हामीले यो गीत रेकर्ड गराएका छौं,’ संगीतकार श्रेष्ठले राजधानीसँग भने ।
गीत’दयगत संगीतकार सन्तोषले भने, ‘यसअघि हरेक स्टेज कार्यक्रममा जाँदा महानायक राजेश हमालले आफ्ना फिल्मका संवाद बोलेर नृत्य प्रस्तुत गर्नुपथ्र्यो । अब भने उहाँले स्टेजमा आफ्ना गीत गाएर स्टेजबाट दर्शकलाई मनोरञ्जन दिन सक्नुहुनेछ ।’
यसअघि हमालले सुवास पुरी, बेनिसा पौडेल, एलिना चौहानसँग संयुक्त स्वरमा गीत रेकर्ड गराएका थिए । यसपटक भने यो गीत हमालको एकल स्वरमा रेकर्ड भएको हो ।
यो गीतको भिडियो निर्देशन देवेन्द्र पान्डेले गर्दै छन् । गीतको भिडिया’दयगत उनले भने, ‘नेपालीहरू विदेश पलाएन भएको बेला यो गीतले नेपालमै बसेर केही गरौं भन्ने सन्देश दिनेछ । गीतको भिडियोमा राजेश हमाल आफैं गाउँले भूमिकामा प्रस्तुत भएर अभिनय गर्दै हुनुहुन्छ ।’ अर्को सातासम्म यो गीतको भिडियो पनि रिलिज हुने उनले बताएका छन् ।
राजेशले गाएको पहिलो गीतको भिडियो निर्देशन पनि देवेन्द्र पान्डेले नै गरेका थिए, ‘पहिलाको गीत मन पराइएपछि उहाँले गायनमा निरन्तता दिन्छु भन्नुभएको छ । अब आउँदा दिनमा पनि उहाँका गीतहरू एकपछि अर्को गर्दै आउनेछन् ।’
पछिल्लो समय म्युजिक भिडियो र विज्ञापनको छायांकनमा व्यस्त रहेको हमालले यो दोस्रो गीत गाउँदा गायनबापतको पारिश्रमिक पनि पाएका छन् । अब उनले राम्रै पारिश्रमिक लिएर गीत गायनलाई निरन्तता दिनेछन् ।
२०८१ चैत्र २६
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल