Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । रातको समयमा तीव्र गतिमा सवारी सधान चलाउनेविरुद्ध ट्राफिक प्रहरी महाशाखाले कारवाही गर्न थालेको छ । ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरेर गति नियन्त्रण अभियान शुरु गरिएको ट्राफिक महाशाखाका प्रवक्ता एसपी सन्जिव शर्मा दासले बताएका छन् । गएराती ट्राफिक प्रहरीले सातदोबाटो, सानेपा, कलंकी र गठ्ठाघरमा नाइट भिजन लेजर स्पिड गनको प्रयोग गरेर स्पिड जाँच गरेको थियो । ट्राफिक प्रहरीले साँझ ८ बजेपछि गति नियन्त्रण अभियान चलाउन थालेको छ । धेरै स्पिड चलाउनेलाई पहिलोपटक ५ सय जरिवाना गरिएको एसपी शर्माले बताएका छन् । दिउँसोको समयमा तिब्र गतिमा सवारी चलाउने ३५ देखी ४० जना चालकलाई महाशाखाले कारवाही गर्दै आएको छ ।
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल