Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दाङ। पुर्व पश्चिमी राजमार्गअन्तरगत दाङ, देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको जिल्ला जिल्ला प्रहरीले दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। मल्लका अनुसार बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो। दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो। दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ। प्रहरीका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ। बसमा ३६ जना यात्रु रहेको उपरीक्षक मल्लको भनाइ छ।
मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल