Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ । पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो । राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले २६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको बताए । उनले बाँकी जिल्लाको अधिवेशन गर्न छिट्टै अध्यक्षत्रयको बैठक बसेर निर्णय लिने बताए ।
निर्वाचन समितिका सदस्य सचिव गीताभक्त जोशीका अनुसार हालसम्म ५१ जिल्लाको अधिवेशन सम्पन्न भइसकेकामा ८ जिल्लामा देखिएको केही विवाद समाधान उन्मुख रहेको बताए । बाँकी १८ जिल्लाको हकमा पनि पार्टीको निर्णयपछि सहमति जुटाएर चाँडोभन्दा चाँडो अधिवेशन गर्न प्रयास गरिने उनको भनाइ छ ।
राप्रपाले असोज २० गतेसम्म अधिवेशन र सक्रिय सदस्यता वितरणको विषय २५ गतेसम्म टुंगो लगाएपनि सो समयमा काम पूरा नभएकाले अब महाधिवेशन नै सर्ने निश्चित भएको एक उच्च नेताले बताए । सम्भवतः शनिबार अध्यक्ष कमल थापा, डा।प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाबीच बैठक बसेर आवश्यक निर्णय हुने ती नेताको भनाइ छ । राप्रपाभित्र महाधिवेशन सारेर मंसिर अन्तिम सातातिर गर्नेगरी छलफल भइरहेको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल