Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षसहित विभिन्न पदाधिकारी तथा विभागीय प्रमुख मनोनीत गरेका छन् । लिङ्देनले लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई उपाध्यक्षमा मनोनीत गरेका छन् । त्यसैगरी ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हादप्रसाद साहलाई महामन्त्री नियुक्त गरेका छन् । लिङ्देनले भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई पार्टीको प्रवक्तामा मनोनीत गरेका छन् ।
सहप्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई नियुक्त गरेका छन् । सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल, रीना गुरुङ र सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अली, दिपककुमार राईले जिम्मेवारी पाएका छन् । त्यसैगरी आर्थिक विभागमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभागमा पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभागमा रविन चाम्लिङ, तराईरमधेस विभागमा रामप्रताप साह, अभिलेख तथा मूल्यांकन विभागमा मीना सुवेदी, सहकारी समन्वय विभागमा सुदर्शन थापालाई प्रमुख नियुक्त गरेका छन् ।
यसैगरी, रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको राप्रपाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपा केन्द्रीय समिति १९९ सदस्यीय रहनेछ । जसमा १४९ जना महाधिवेशनबाट निर्वाचित भएका थिए भने बाँकी नियुक्त गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छ ।
२०८१ आश्विन २६
ताजा नेपाल
२०८१ आश्विन २६
ताजा नेपाल
२०८१ आश्विन २६
ताजा नेपाल