Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको आज पनि बैठक बस्दैछ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साढे ११ बजे बस्ने बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल हुँदैछ। बिहिबार बसेको बैठकमा अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पौडेल अनुपस्थित भएपछि विषयवस्तुमा छलफल हुन सकेको थिएन। मन्त्रिपरिषद बैठकमा पौडेल सहभागि भएकाले उनी छलफलमा आएनन्। २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउन सहमतिको अन्तिम तयारी भएको एमाले सचिव भीम आचार्यले जानकारी दिए। हाम्रो बैठक सकारात्मक तरिकाले अघि बढेको छ। अब फाइनल टच गर्न बाँकी छ। रावलजी र विष्णुजीले ड्राफ्ट बनाएका छन्। त्यसमा हिजो छलफल हुन पाएको छैन, उनले भने, मन्त्रिपरिषद बैठक परेर विष्णुजी हिजो आउनुभएन। ड्राफ्ट गर्ने एक जना मान्छे नभएकाले त्यसमाथिको छलफल अघि नबढेको हो।अहिले तयार भएको ड्राफ्टमा केही विषय थपघट गरेर अरू मिलाउन सकिने उनले बताए। आचार्यका अनुसार जेठ २ अघिको संगठनात्मक अवस्थामा पार्टीलाई फर्काउने बारे धेरै विषय मिलिसकेको छ। त्यो बेलाको केन्द्रिय कमिटी बैठक बसेर अन्य निर्णय गर्न सकिने आचार्यले बताए। माओवादीबाट एमाले प्रवेश गरेकाको व्यवस्थापनसमेत त्यही केन्द्रीय कमिटी बैठकले गर्नेगरी सहमतिको खाका तयार भएको आचार्यको भनाई छ। पार्टी एकताका लागि वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्षसमेत दिन सकिने प्रस्ताव ओली पक्षले राखे पनि नेपाल पक्षका सचिव भीम आचार्यले भने कार्यदलमा यस विषयमा छलफल नभएको दाबी गरे।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल