Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एकै मत भए पनि अध्यक्ष पद नछाड्ने रावलले घाेषणा गरेका छन् ।
एक मत आए पनि अध्यक्षमै लड्छु : रावल
हिजो राति बसेको केन्द्रीय समितिको अन्तिम बैठकले दुई महिनाअघि ललितपुरमा छ हजार जनाको उपस्थितिवीच बसेको विधान महाधिवेशनले तय गरेका कतिपय प्रावधानलाई संशोधन गरेको छ । सर्वसम्मत अध्यक्ष र पदाधिकारी चयनको आकांक्षा राख्नुभएका अध्यक्ष केपी शर्मा ओलीले हिजो राति विधान संशोधन गराउनुभएको हो । यसअघिको १५ सदस्यीय पदाधिकारीलाई अब १९ पुर्याइएको छ । २ सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई ३ सय १ र यसअघि हटाइएको पोलिटब्युरोलाई ९९ सदस्यीय बनाएर ब्युँताइएको छ । अनुशासन आयोग,निर्वाचन आयोग र लेखा आयोगलाई २५ सदस्यीय बनाएर पुराना र कम सक्रिय कमरेडलाई थन्क्याउने ठाउँको तर्जुमा गरिएको छ । सबैभन्दा धेरै रस्साकस्सी हुने देखिएको उपाध्यक्ष पदलाईद्क्सुकेक्स्फ्न्ब वरिष्ठ एक जनासहित सात बनाइएको छ । उपमहासचिव पद पनि तीन कायम गरिएको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष पदको बार्गेनिङ गरेको निश्कर्षमा बालकोट निकटस्थहरु पुगेकाले पनि उपाध्यक्ष पद बढाइएको बताइन्छ । अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललाई समेत त्यसैमा एडजस्ट गर्न खोजिएको छ ।
वरिष्ठमा भने एमालेको लिगेसी कायम राखेको देखाउन महासचिव ईश्वर पोखरेललाई अघि सारिएको छ । महासचिवमा यसअघिका उपमहासचिव विष्णु पौडेललाई निश्चित गराएर अन्यलाई उपमहासचिवमा राख्न लागिएको हो । महासचिव दाबी गर्दै आएका शंकर पोखरेल,प्रदीप ज्ञवालीलाई उपमहासचिव बनाइने लगभग पक्का देखिएको हो । त्यसैगरी यसअघि माधव नेपाल प्यानलको उम्मेदवार भए पनि महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई पनि उपमहासचिव सुरक्षित राखिएको भन्न थालिएको छ ।
सचिवमा माओवादीतर्फबाट टोपबहादुर रायमाझी,महिलाबाट राधा ज्ञवाली र १० भाइको तर्फबाट योगेश भट्टराई रहनेछन् । यसअघिका सचिव भीम आचार्यको व्यवस्थापनसम्बन्धमा अध्यक्ष ओलीलाई हाइसञ्चो भएको छ । कोरोना संक्रमित आचार्य न महाधिवेशनस्थलमा छन् न उम्मेदवार नै बन्न सक्नेछन् । अघिल्लो महिना ६१ दिनको मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भएका उनलाई अरुलेभन्दा सचिव बन्न कोरोनाले छेकिदिएको छ । यसअघिका उपाध्यक्ष युवराज ज्ञवालीलगायतका नेताहरुलाई विभिन्न आयोगमा समेट्ने तयारीका साथ सबै आयोगलाई २५ सदस्यीय बनाइएको छ ।
यसैबीच सर्वसम्मत आफू र नेतृत्व चुनिएर शक्तिशाली अध्यक्ष बन्ने आकांक्षा राख्नुभएका केपी शर्मा ओलीको पछिल्लो प्रयासलाई उपाध्यक्ष भीम रावलले जित्छु भनेर हैन कि निर्विरोध हुन नदिन चुनौती दिएर छाड्ने भएका छन् । रावलले एक मत प्राप्त भए पनि अध्यक्षमा प्रतिस्पर्धा गरेरै छाड्ने बताएको खबर बाहिरिएको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल