Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रको हितमा एकताबद्ध बनौं

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै लाई सामना गर्नुपर्ने बताएका छन् ।बुधबार नेपाल संवत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताएका छन् । आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ, अध्यक्ष ओलीले भनेका छन्, राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली – हाम्रो शक्ति हो । ओलीले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदल्दै सद्भावको सुगन्ध फैलाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना, ओलीले भनेका छन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल