Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति पौडेल पाटन दरबार स्क्वायरको अवलोकनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान पाटन दरबार स्क्वायरको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले कृष्ण मन्दिर दर्शन गर्नुका साथै सुन्दरीचोक, मूलचोक, केशवनारायण चोक र पाटन संग्रहालयको समेत अवलोकन गरे । राष्ट्रपति पौडेल लामो समयको आरामपछि बाहिर निस्किएका हुन् । झन्डै दुई साता लामो अस्पताल बसाइपछि उनी असार १३ गते निवास फर्किएका थिए । मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।