Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लगातार वर्षाले सिद्धार्थ राजमार्ग पाल्पा–बुटवल सडकमा पहिरोको कारणले आओजावत बन्द

लगातारतीन दिनदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, गौंडे पुल नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डि एस पी डिल्ली नारायण पाण्डेयले रातोपाटीलाई बताए । राजमार्गको माथिल्लो जंगल क्षेत्रबाट खसेको ठूलो पहिरो हटाउन अझै लागि अहिले डोजर गएको र हटाउन कार्य जारी रहेको पाण्डेयले बताए । पानी परिरहेका कारणले हटाउनको लागि समस्या भएको प्रहरीले जनाएको छ । ठूला–ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेका सवारी साधन सडकमै रोकिएका छन् ।

रा