Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिको निर्वाचन सुरु भयो

काठमाडौँ । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजे अर्थात करिब ५ घण्टा जारी रहनेछ । सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरिएको छ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ ।