Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिको सक्रियता रावललाई पचेन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताको विरोध गरेका छन् । नेकपाको आन्तरिक समस्यामा राष्ट्रपति भण्डारीले एक पक्षलाई साथ दिएर पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा गरेको उनको ठहर छ ।

राष्ट्रपति भण्डारीले गृहमन्त्री सदस्य रामबहादुर थापा र नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेको बाहिरिएसँगै रावलले ट्वीटरमार्फत राष्ट्रपतिको आलोचना गरेका हुन् ।

रावलले ट्वीटमा भनेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ। यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।


सम्बन्धित समाचार