Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिमा भूराजनीतिक टकराव

काठमाडौं । आगामी हुन लागिरहेको राष्ट्रपतिको उम्मेदवार र निर्वाचनलाई लिएर भूराजनीतिक टकराव तीव्र रुपमा देखिएको छ । आलंकारिक भनिए पनि राष्ट्रपति पद त्यतिमै सीमित नहुँदो रहेछ भन्ने कुरा पूर्व प्रधानसेनापति रुकमाङगद कटवाल प्रकरणमा तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले निभाएको भूमिकाबाट नै प्रष्ट भइसकेको छ । माओवादीको ओरालो यात्रा कटवाल प्रकरणबाटै शुरु भएको घटनाक्रमले राष्ट्रपति निर्णायक अवस्थामा आलंकारिक पदमा मात्रै सीमित हुँदैन । अर्कोतर्फ राष्ट्रपति भनेको सेनाको परमाधिपति पनि हो । यसकारण अहिले देखिएको राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्याको राजनीतिक समिकरण अदलबदल भूराजनीतिक टकरावसँग पनि जोडिएको छ ।
खासगरी एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा गठबन्धन हुँदाको सहमति काँग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि बदलिएको थियो । भारत र अमेरिकाको चाहना गैर कम्युनिष्ट राष्ट्रपति बनोस् भन्ने थियो । त्यही उद्देश्य अनुरुप भारतीय विदेशसचिव विनय मोहन क्वात्राको भ्रमण भएको थियो । भ्रमणमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे पनि भारत भ्रमणको निमन्त्रणा दिएनन् । प्रचण्डले एमालेसँगको गठबन्धन तोड्दै काँग्रेसलाई राष्ट्रपति बनाउने सुइको पाइसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको नाम अगाडि सारेका थिए । यस कार्यमा पुष्पलाल अध्ययन समाजका महासचिव राजेन्द्र सापकोटाले भित्री रुपमा भूमिका निभाएका थिए । एउटा विवाह विशेष कार्यक्रममा माधव नेपालसँग भेट गर्दै राष्ट्रपति प्रकरणमा एमालेको सहयोगमा जिम्मेवारी लिन पछाडि फर्कन हुँदैन भनिसकेपछि तपाईले नै एमाले नेतृत्वसँग पहल गरिदिनुस् भनिसकेपछि कुराकानी अगाडि बढेको थियो । नेपालको राजतन्त्रको विस्थापनपछि चिनियाँहरु पनि भूराजनीतिक स्वार्थका कारण मैदानमा सुसुप्त रुपमा देखिएका छन् । उनीहरुको चाहना जुनसुकै शक्तिकेन्द्रका अनुचरहरु भए पनि कम्तिमा वामपन्थीहरुकै राष्ट्रपति र सरकार बनोस् भन्ने शुभेच्छा थियो । यसैक्रममा चिनियाँ राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपाललाई भेटेका थिए । चिनियाँहरुको विश्लेषणमा नेपालका कम्युनिष्ट पार्टीभित्रको नेतृत्वमा इन्डो पश्चिमाहरुका जासुसहरु विभिन्न रुपमा देखिए पनि नेपालको कम्युनिष्ट जनमत देशभक्त चिन मैत्री हो र त्यो जनमतलाई रक्षा गरेर वामपन्थी एकताका साथ अगाडि बढ्नुपर्छ भन्ने रहेको छ । यसैअनुसार नै उनीहरुले नेपालका वापमन्थीहरुलाई सकेसम्म एकता गराउन पहल गर्दै आएको देखिन्छ ।
यस्तो परिस्थितिमा प्रचण्डले काँग्रेससँग सहमति गरेर हाडकोर अमेरिकी लविका प्रतिनिधिलाई राष्ट्रपति बनाउन खोजेपछि विकल्पको रुपमा माधव नेपालको नाम अगाडि सारिएको देखिन्छ । माधव नेपालको बारेमा चिनियाँहरुले पनि काँग्रेसको प्रतिनिधि हुनुभन्दा माधव नेपाल हुनुमा खराबमध्येका कम खराब विकल्पको रुपमा लिएको र यसमा आपत्ति नभएको कुरा बुझ्न सहजै हुन्छ ।


सम्बन्धित समाचार