Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय संकटमा नेकपा खै ?

जनताको जनजीविकालाई मुखले ठीक्क पारेर व्यवहारमा दवाउने संस्कृति बोकेका प्रधानमन्त्री केपी ओलीलाई कलाकार र कवि बनेर मात्र पुगेन । अब उनी आफै डाक्टरको पोशाक भिरेर डाक्टरी पहिचानमा अप्रेसनको निमित्त तयार गरेको बिरामीको शरीर चिर्न आफै उपस्थित भएभने उनको सल्लाहाकार डा. दिब्या सिंले के जवाफदिँदीहुन् ?
कोरनाबाट ग्रसित जनता सरकारको राहतबाट टाढा छ । अहिले क्वारेन्टाइनहरुको हालत गएगुज्रेको छ । सरकारी खर्च पत्यार लाग्दो देखिएन । सेनाले खरिद गरेको सामाग्रीमा समेत लूट मच्चाउन सरकारले छोेडेन । देशलाई विदेशी मुद्रा संचिती गरिदिने युवा जमात स्वदेश फर्कन लालायित छ तर सरकार तेब्बर भाडा घोषणा गरेर उद्धार गरेको दावी गर्न लाज मान्दैन । मुलुकको यो संकटप्रति न त पार्टीमा छलफलभएको छ न त सचिवालयले ध्यान दिएको छ । प्रधानमन्त्रीको नाताले केपी ओली निर्णय गर्ने, सचिवालय सहमति दिने यही हो नेपाल कम्युनिष्ट पार्टीको जनताप्रतिको जिम्मेवारी ? यसरी नै बढ्छ जनताको रोग प्रतिरोधात्मक क्षमता ? अदुवा, धनियाँ, लसुन, बेसार, तुलसीपत्ता, तेजपत्ता, दालचिनी, घरेलु आयुर्वेदिक जडिबुटी भएको सबैलाई थाहा छ । केपी ओलीले १४ वर्ष जेल जीवन विताउँदा प्राप्त गरेको कविराजको डिग्री यही हो ?
सेनाबाट सामान खरिद गर्ने, कमिशन खाने । उपप्रधानमन्त्री ईश्वर पोखरेलेको नेतृत्वमा कोरोना नियन्त्रण समिति बनाउने, खरीद प्रक्रिायमा हस्तक्षेप गर्ने यो समयमा कति अस्पताल घुमे प्रधानमन्त्री र उपप्रधानमन्त्री ? स्वास्थ्य मन्त्रीको त कुरै छाडौं । उनी त यथार्थ विषय टेलिभिजनमा उभिएर शुद्धसँग पनि भन्न नसक्ने हैसियतका रहेछन् ।
नेकपाभित्र देखापरेको गुटवादले हिजो पार्टी विभाजन गरायो । राष्ट्रघाती महाकाली सन्धि गर्दा भएका गल्तीका कारण नेपालको भूमि भारतले अतिक्रमण ग¥यो आखिर राजनीतिक ईमान्दारिता व्यवहारमा शुद्धता, शैद्धान्तिक दृष्टिकोणमा स्पष्टता नहुँदा नेपालका लोभीपापी नेताहरु राष्ट्रियताको मामलामा भारतसामु लम्पसार परेको दिन जनताले झलझली सम्झिएकै छ त । झुठो कुरा र विश्वासहीन भाषणले राजनीति टिकाउ हुँदैन । यो यथार्थता नेकपाको वर्तमान नेतृत्वले बुझ्यो भने मुलुकको संकट समाधानका निमित्त जनताले साथ दिन्छ, राजश्व उठ्छ र प्रशासन चल्छ ।
सत्ता चलाउनेले भ्रष्टाचार नियन्त्रण र आफू शुद्ध हुने व्यवहार देखाउ त जनताले नेकपालाई कति वर्षसम्म सत्ताको राजा बनाउँदो रहेछ ?