Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग

काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निवेदन परेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा युवराज पौडेल ‘सफल’ले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको भन्दै निजले दल दर्ता एव संसद्‍को उम्मेद्‍वार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेशगरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णयका साथै लामिछानेले गरेको हस्ताक्षर समेत अवैधानिक भन्दै उजुरी गरेका छन्। सोही कारण देखाउँदै पौडेलले पार्टी खारेजको माग गरी निवेदन दर्ता गराएका हुन्।