Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आज बाट शुरु हुने बजेट अधिवेशनमा राष्ट्रिय सभाका सदस्यहरुले अधिवेशन अवधिभर एकै सिटमा बस्नु पर्ने भएको छ । त्यस्तै सदस्यहरुले रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नु पर्ने भएको छ। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै सदस्यले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।
बैशाख २५ गते राष्ट्रियसभाका अध्यक्षको गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले विभिन्न ९ निर्णय गरेको छ ।
यस्ता छन् निर्णय
१. विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने ।
२. राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।
३. सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्य ज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीय ज्यू ले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।
४. संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने ।
५. क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।
६. संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।
७. दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।
८. मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।
९. त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले ऋइख्क्ष्म्(ज्ञढ रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।
माथि उल्लेखित निर्णय अनुगमनका लागि तीन सदस्यीय टोली गठन गरिएको छ । जसमा स्वास्थ्य सेवा विभाग टेकुका बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा। अमृत पोख्रेल, स्वास्थ्य सेवा विभाग टेकुकी नर्सिङ अधिकृत यसोदा बराल र बरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा रहेका छन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल