Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । मंगलबार र बुधबार हुने कार्यक्रमको तालिका सार्वजनिक भएको छ । दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ । सबै सांसद बिहान १० बजे कार्यक्रमस्थल पुगिसक्नु पर्नेछ । सबैलाई रास्वपाले औपचारिक पोशाकमा उपस्थित हुन् निर्देशन दिएको छ । कार्यक्रमको सञ्चालन सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन् । कार्यक्रमको उद्घाटन राष्ट्रिय गान, शहीदप्रति श्रद्धाञ्जली, स्वागत मन्तव्यपछि कार्यक्रमको औपचारिक उद्घाटन पार्टी नेतृत्वले घण्टी बजाएर गर्नेछन् । बिहान ११ बजेर १० मिनेटमा डा अरनिको पाँडेले कार्यक्रकको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नेछन् । उनको सम्बोधन पाँच मिनेटको हुनेछ ।
उद्घाटन समारोहमा प्रमुख मन्तव्य पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले राख्नेछन् । उनलाई १५ मिनेट समय दिइएको छ । अर्को १५ मिनेटको समयमा उपसभापति डोलप्रसाद आर्यालले उद्घाटन मन्तव्यसँगै चुनावी अभियानको नेतृत्वको अनुभव सुनाउँदै केही महत्त्वपूर्ण निर्देशन दिनेछन् । १२ बजेदेखि १ बजेसम्म खानाको समय दिइएको छ । १ बजे समूह निर्माण र गतिविधिबारे मेघ आले र अनिल चित्रकारलगायतले यसलाई सम्पन्न गर्नेछन् । १ बजेर ३० मिनेटदेखि २ बजेसम्म आधा घण्टा पुनः उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा संसदको भूमिकाबारे प्रस्तुति दिनेछन् । दिउँसो २ बजेपछि ४५ मिनेट संसदको संरचना तथा कार्यप्रणाली ः संसदका अधिकार र जिम्मेवारीको विषयमा पूर्वसचिव सुरेश अधिकारीको प्रस्तुति रहने छ । अर्को प्रस्तुति पूर्व कानुन सचिव तोयानाथ अधिकारीको छ । उनले संघीय संसदमा कानून निर्माण प्रक्रियामा संसदको भूमिकाबारे प्रस्तुति दिनेछन् । दिउँसो ४ बजे चियाको विक्रामपछि आइटी विज्ञ डा। दोभान राईले कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमबारे प्रस्तुति दिनेछन् । ४ बजेपछि रास्वपाका सांसदहरुले अनुभव सुनाउने छन् । अनुभव सुनाउनका लागि अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा, विराजभक्त श्रेष्ठलाई १०–१० मिनेटको समय दिइएको छ । साँझ ६ बजेदेखि ७ बजेसम्म चुनावी प्रतिवेदन प्रस्तुति र समूहगत छलफल हुनेछ । १५ समूह बनाएर छलफल गर्ने कार्यतालिका छ । साँझ ७ बजेदेखि राति १० बजेसम्म परिचयात्मक कार्यक्रम र खानाको व्यवस्था भएपछि पहिलो दिनको कार्यक्रम सकिने छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फ गरी १ सय ८२ सिट हासिल गरेको छ । अभिमुखीकरणमा सहभागी हुने नवनिर्वाचित सांसदहरुलाई ६ बुँदे निर्देशन समेत जारी गरिएको छ ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल