Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको आह्वानमा सर्वदलीय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबाट अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।

बैठकका लागि आवश्यक सूचना र औपचारिक निमन्त्रणा सबै दललाई पठाइसकिएको पनि बताइएको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो र परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणबारे तथा त्यसबाट प्राप्त उपलब्धिबारे दलहरूलाई जानकारी गराउने कार्यक्रम छ । साथै, सदनमा जारी गतिरोधलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।