Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेतामा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याालले पाएका छन् ।शुक्रबार बेलुका केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आपतकालीन केन्द्रीय समितिको बैठकले उनलाई कार्यवाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी दिएको प्रवक्ता मुकुद ढकालले जानकारी दिए । सभापति रवि लामिछाने पदमुक्त भएपछि आकस्मीक रूपमा बसेको केन्द्रीय समितिको बैठकले अर्याललाई अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी दिइएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलाशले पार्टीका सभापति लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उपप्रधान तथा गृह मन्त्री र सभापतिबाट पदमुक्त भएका छन् । कार्यवाहक सभापति र दल नेता चयन भएका अर्याल सरकारको श्रम, रोजगार तथासामाजिक सुरक्षामन्त्री हुन् ।