Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले बुझायो समानुपातिकको अद्यावधिक सूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ। निर्वाचन आयोगले सूची सच्याउन आजसम्मको समय दिएकोमा रास्वपाले त्यसलाई आज अद्यावधिक गरेको हो। प्रवक्ता मनीष झाका अनुसार आज बिहान उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाइएको हो। रास्वपाले बुझाएको समानुपातिक सूचीको आलोचना भएको थियो। त्यसपछि त्रिशला गुरुङ, आसिफ शाह, अरनिको पाँडे, सचिन ढकाल लगायतले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए। फिर्ता लिएकाहरुको ठाउँमा नयाँ नाम राख्न रास्वपाले अद्यावधिक सूची आयोगलाई बुझाएको हो।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल