Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। सोमबार अपरान्ह १ बजे बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो। त्यसैगरि आजै दिउँसो ३ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाइएको छ। यी दुवै बैठक केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको रास्वपाले जनाएको छ। बैठकमा मुलुकको समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, रास्वपाका गतिविधि लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान लिएको छ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल