Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले १४ विभागका प्रमुख र दुई उपप्रमुख तोक्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ वटा केन्द्रीय विभागका प्रमुख र दुई विभागका उपप्रमुख मनोनयन गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले विभागीय जिम्मेवारी बाँडफाँट गरेको हो।

बैठकले प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभागमा रुविना आचार्यलाई प्रमुखको जिम्मेवारी दिएको छ।

त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता र श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपकुमार साहलाई प्रमुख मनोनयन गरिएको छ।

आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुख बनाइएको छ। संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा सम्राट बुढाथोकीलाई सदस्यसमेत मनोनयन गरिएको छ।

त्यसैगरी, अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन)लाई जिम्मेवारी दिइएको छ।

रास्वपाको उक्त बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने निर्णयसमेत गरेको छ।