Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभाको मिति टुंगो भएको छ। कम्पनी सय्चालक समितिको बिहीबार भएको बैठकले सभा आगामी असार १ गते राजधानीको ज्ञानेश्वरस्थित लिसरा ब्यांकेटमा गर्ने निर्णय गरेको हो।
सभामा संचालक समितिको छैटौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने भएको छ।
कम्पनी ऐन अनुसार आर्थिक वर्ष २०७९८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ।
चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीले प्रिमियम आइपीओ निष्कासन गर्ने भएको छ। यसका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल