Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोजिना भइन् मिस ग्ल्याम

सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा शनिवार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधिसमेत हात पारिन् । उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हास्यसाम्राज्ञी बसुन्धरा भुसालले प्रदान गरेकी थिइन् । १३ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप र सेकेन्ड रनरअप धरानकी सम्झना परियार भइन् । सम्झनाले मिस ग्ल्याम लुकको उपाधिसमेत हात पारिन् । उनीहरूलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
यस्तै, प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युअर्स च्वाइसको उपाधि हात पारिन् भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौँकी स्मारिका शेरचनले मिस बेष्ट पर्सनालिटी, इलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसिपिलनीकोे उपाधि हात पार्न सफल भए । प्रतियोगितामा विभिन्न अडिसनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए । प्रतियोगिताले किशोरीहरूमा आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोसाकलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष तामाङले बताए । सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रतियोगीलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेक्टर सुस्मिता गोलेले जानकारी गराइन् । अन्तिम प्रतिस्पर्धाको निर्णायकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दर्यविद् शशी शाही रहेका थिए । गायक बुद्ध लामा यो प्रतियोगिताको ब्रान्ड एम्बेसडरमा समेत रहेका छन् । प्रतियोगितामा बुद्ध लामा र सत्यकला राईको साङ्गीतिक प्रस्तुति रहेको थियो ।


सम्बन्धित समाचार

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल

तीन सिटसहित श्रम संस्कृति पाचौँ पार्टी

२०८२ फाल्गुन २४

ताजा नेपाल