Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रौतहटमा छुरा प्रहार गरी २१ वर्षीय युवकको हत्या

जनकपुरधाम। रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २१ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार आज दिउँसो २स्४० बजे छुरा परिचय नखुलेका युवकमाथि छुरा प्रहार भएको हो । गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताए । घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ३ का युवक मनोज राम रहेका छन् । पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल