Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउन खुकुलो नबन्ने निष्कर्ष

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिको निश्कर्ष रहेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ ।
देश तत्काल कोरोना संक्रमणको जोखिमबाट मुक्त भइनसकेको निश्कर्ष रहेको समितिका एक सदस्यले बताए । शनिवार बसेको समितिको र्बैठकमा हिमाली जिल्लाहरुमा भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगको छलफल पछि ति जिल्लाका लागि केही निर्णय गर्न सकिने बारे छलफल भएको उनले बताए ।
वैशाख १५ गते लकडाउनको अवधि सकिनु अघि बस्ने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय गर्ने छ । समितिले आन्तरिक तथा वाह्य हवाई उडानमा लगाइएको रोक भने जेठको २ गतेसम्म बढाउने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालीटी बारे छलफल गरेर सिफारिस गर्न समितिलाई निर्देशन दिएका थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल