Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउन खुकुलो पारिए भयावह अवस्था आउने चेतावनी

न्यूयोर्क । जारी लकडाउनले जनजीवन समस्या पर्दै गएपछि अमेरिकामा लकडाउन खुकुलो बनाउने वा खोल्ने भन्ने बिषयमा बहस भइरहेका बेला संक्रामक रोग विशेषज्ञ वरिष्ठ चिकित्सक एन्थोनी फाउचीले अहिल्यै लकडाउन खोलिए घातक हुने चेतावनी दिएका छन् । कोरोना भाइरसविरुद्धको अभियानका मुख्य सदस्यसमेत रहेका डा। फाउचीले अहिले नै लकडाउन खुकुलो पारेमा भाइरसको संक्रमण अति तीव्र भएर फैलिने चेतावनी दिएका हुन् । कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा रहेका फाउसी नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख समेत हुन् ।
सिनेटमा भएको कोरोना भाइरस सम्बन्धी सुनुवाईको क्रममा डा। फाउचीले अहिले नै लकडाउन वा घरमै बस्नु पर्ने नियम खुकुलो बनाएर सामान्य जनजीवनमा फर्किन खोजिए अवस्था अति असामान्य र भयावह हुने चेतावनी दिएको बीबीसीले जनाएको छ । लकडाउनको विरोधमा अमेरिकाको विभिन्न स्थानमा स्थानमा प्रदर्शन भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन हटाउनु पर्ने पक्षमा छन् ।


सम्बन्धित समाचार