Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउनका बेला पासमा देखाइयो रमिता

काठमाण्डौ मौकाको फाइदा लिन तयार हुने तव्वहरु हरेक ठाउँमा देखिन्छन् ? पत्रकारको नाममा व्यापारी बसन्त चौधरी र राजेशकाजी श्रेष्ठलाई सुचना विभागको प्रेश पास दिएर खल्ती भर्ने बरिष्ट पत्रकारहरु भएको यो मुलुकमा नक्कली पत्रकार बनेर लकडाउनको फाइदा लिने कति छन् कति ?सरकारले बैक तथा संस्थाहरु खोल्न सम्बन्धित संस्थाहरुको परिचय पत्रको आधारमा कर्मचारीलाई कार्यालय जाने सुविधा दियो । त्यसको नाजायज फाइदा उठाँएर सडकमा रातो प्लेटका चार पाग्रे मात्र होइन स्कुटी र मोटरसाइकल पनि प्रसस्त बाहिरीए । प्रहरीले तिनलाई कारवाही त गर्यो । तर कारोना माहामारी फैलाउने जड नै तीनिहरु हुन् भन्ने ख्याल गर्ने कसले उधोग तथा कारखानाहरुले बनाएका पास पनि सही ठाउँमा भन्दा पनि गलत ठाउँमा प्रयोग भएको देखियो । प्रजिअले बैकहरुको शाखा अनुसार परिचय पत्रको आधारमा कर्मचारीहरु आउने जाने प्रबन्ध गर्न निर्देशन जारी गरेको भए मोटरसाइकलमा ग्यासको सिलिन्डर तास खेल्न जाने बाहादुरहरु देखिने थिएनन् । औधोगिक क्षेत्रले आफ्नो निश्चित क्षेत्रको काम तोकेर सही व्यक्त्तीलाई परिचय पत्र दिने व्यवस्था दिएको भए यस्तो व्यवस्था हुने थिएन । सानिमा बेकका माहा प्रबन्धकले आफ्ना कर्मचारीलाई बाटोमा रोकेपछि सम्पुर्ण बैक बनद गरी दिए उनी बैक एसोसियसनका अध्यक्ष रहेछन् । जबकी नेपाल राष्टबैकका स्वकृत बिना आर्थिक कारोबार बैक तथा वित्तीय संस्थाहर बन्द गर्न पाइदैन । नेपाल पत्रकार माहासंघले पत्रकारको नाउमा गलत व्यक्तीलाई सुचना विभाग मार्फत प्रेश पास बेच्ने वरिष्टहरुको पनि निगरानी गर्नु जरुरी छ । जसले पेशागत मर्यादा र व्यासायीकतामा माथि कालो धब्बा थोपरेको छ ।