Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकी ट्राभल एण्ड टुर्स प्रालिले जित्यो नौ विभिन्न एअरलाइन्सको अवार्ड

काठमाडौँ । लकी ट्राभल एण्ड टुर्स प्रालिले गत वर्ष विभिन्न नौ एअरलाइन्सको विविध विधाका अवार्ड जित्न सफल भएको छ । प्रालिले २१ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा गत वर्ष नौ अवार्ड जितेको जानकारी दिएको हो । प्रालिले विमान बंगलादेशको शीर्ष ५ बिक्री पर्फमेन्स अवार्ड वर्ष २०२२/२३, थाई एयरवेज आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त), चाइना साउथर्न एयरलाइन्सको उत्कृष्ट बिक्री पर्फमेन्स पुरस्कार वर्ष २०२३ को (सन्२०२४ प्राप्त भएको), टर्किस एयरलाइन्स टप एजेन्ट पुरस्कार वर्ष २०२२/२३ ( सन् २०२४ मा प्राप्त) गरेको छ ।
यसैगरी कतार एयरवेजको बेस्ट स्टुडेन्ट रेभिन्यु पर्फर्मेन्स पुरस्कार वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त), वर्ष २०२२/२३को लागि मलेशिया एयरलाइन्स टप एजेन्ट पुरस्कार, हाह्न एअरको टप बिक्री एजेन्ट पुरस्कार वर्ष २०२२/२३, श्रीलंका एयरलाइन्स टप एजेन्ट रजत पुरस्कार वर्ष २०२२/२३, भिस्तारा एअरलाइन्स टप एजेन्ट पुरस्कार सन् २०२२/२३ प्राप्त गरेको छ ।
यस्तै ट्राभलले मेरोफ्लाइट डटकमका लागि सन् २०१८ बाट आक्रामक मार्केटिङ गर्दै सेवा दिइरहेको छ । मेरोफ्लाइट डटकमले यात्रुुहरूको विकसित आवश्यकताहरू पूरागर्न डिजाइन गरिएको यात्रा सेवाहरूको लागि एक व्यापक अनलाइन प्लेटफर्म प्रदान गरेको कम्पनीले जनाएको छ । काठमाडौंको गैरीधारामा २५ सय स्क्वायर फिट क्षेत्रफलमा अवस्थित नयाँ ओटीए कार्यालयले ग्राहकहरूको सुविधा सुनिश्चित् गर्दै पर्याप्त पार्किङ स्पेस प्रदान गरेको कम्पनीले जनाएको छ ।


ट्राभलका अध्यक्ष एम.एस. काप्री २१औं वार्षिकोत्सव महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको बताउँछन् । उनी भन्छन्, ‘यो उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो । हामी हाम्रा उपलब्धिहरू र हाम्रा ग्राहकहरूले हामीमाथि राखेको विश्वासमा गर्वगर्छौं । ‘आगामी दिनमा नवीनतालाई अँगालेर, नयाँ बजारहरूमा पहुँच विस्तार गर्दै उत्कृष्ट सेवा दिने प्रतिवद्धता अध्यक्ष काप्री व्यक्त गर्दछन् । ट्राभलका प्रबन्ध निर्देशक सनम शाक्य प्राप्त उपलब्धिबाट आफुहरु उत्साहित रहेको बताउँछन्।
उनले भने ‘लगातार नौ अवार्ड जित्नु हाम्रो टोलीको लागि उल्लेखनीय उपलब्धि हो । यसले हाम्रो समर्पण र कडा परिश्रम झल्काउँछ।’ ट्राभल उद्योगमा छुट्टै पहिचान कायम राख्दै नयाँ टेक्नोलोजीको प्रयोग गर्ने लक्ष्य राखिएको उनी बताउँछन् ।’ बलियो नेतृत्व टोली र भविष्यको लागि स्पष्ट दृष्टिकोणको साथ, लकी ट्राभल आगामी वर्षहरूमा अझ ठूलो सफलताको प्राप्त गर्ने लक्ष्य राखेका कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार