Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लक्षुप्रकाशको नयाँ कीर्तिमान

लक्षुप्रकाश मल्लको ‘म वियोगमा बाँचिरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा सङ्गीत विद्याको १२ वटै शूर प्रयोग गरेर गीत बनाइएको हो । सङ्गीतले नयाँ कीर्तिमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेटसमेत प्राप्त गर्न सफल भएको जानकारी गराइएको छ । ‘म वियोगमा बाँचिरहेँ’ सङ्गीतले विश्व रेकर्ड कायम गरेर नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ । गीतमा सङ्गीत लक्षुप्रकाश मल्लको रहेको छ भने गीतकार डा. दिलीपकुमार मल्ल हुन् । मल्लले सङ्गीत काठमाडौँको पुतलीसडकस्थित् बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी गराए । गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक लक्षुप्रकाश मल्ल वि.स.२०५९ सालदेखि कला क्षेत्रमा निरन्तर सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर, शब्द र सङ्गीत भरिसकेका छन् । गीतकार साहित्यकार डा. दिलीपकुमार मल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गर्दै सङ्गीतले आगामी दिनमा नयाँ उचाइ कायम गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । उनले सङ्गीत नेपाली समाजमा निकै लोकप्रिय हुने समेत विश्वास व्यक्त गरेका छन् । त्यसै गरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो सङ्गीतले नयाँ कीर्तिमान हासिल गरेकोमा शुभकामना व्यक्त गर्दै सङ्गीतबाट नेपाली कला क्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् । वरिष्ठ सञ्चारकर्मी तथा कलाकार सुदर्शन आचार्यले सङ्गीतले आगामी दिनमा नयाँ उचाइ हासिल गर्ने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार राजु सिंह, विशेष अतिथिसमेत रहेका सङ्गीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए । स्टार म्युजिक सेन्टर प्रालिको आयोजना रहेको सो कार्यक्रमको सचालन सञ्चारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रूपमा पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ रहेका थिए ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल