Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड पुग्यो

काठमाडौं । लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारण सभाले ११।५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७–७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर पनि छलफल गरी स्वीकृत गरेको छ । २०७७–७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


सम्बन्धित समाचार