Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विश्व वित्तीय सप्ताह ग्लोबल मनि विक २०२१ को उपलक्ष्यमा लक्ष्मी बैङ्कले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्धि सम्वन्धी वृत्तचित्र “समृद्धिको अभियान, लक्ष्य वित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो ।
विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो क्यालेन्डरको पाँचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रति क्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको बैङ्कले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैङ्कले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमा वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैङ्कको योजना रहेको छ ।
बैङ्कको वित्तीय साक्षरता अभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरूका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो । यसका साथै युवाहरूमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्ने उद्देश्यले विभिन्न व्यवसायमा आवद्ध साना व्यवसायीहरुलाई डिजिटल बैंकिङ्गको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको बैङ्कले जनाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल