Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । छिकेकी मुलुक भारतको हस्तक्षेपले नेपालको व्यापार घाटा बढाएको छ । आफ्नो स्वार्थका काममा घूसर्ने स्वार्थ पूरा भएपछि लात हान्ने विस्तारवादी शासक भारतमा छन् । कहिले नेपालमा चामल, गहुँ निर्यात गर्न नदिने त्यही भारतको स्वार्थमा देशको उर्जा क्षेत्र पिडित बन्छ । आँफु सस्तोमा विद्युत लिन्छ त्यस्तै विद्युत भारतले महँगोमा बेच्छ । नेपालको विद्युतमा आफ्नो लगानी देखाउन योजना कव्जा गर्न छाडदैन तर वर्षौ वर्ष लगानी जुटाउँदैन् ।
यो वर्ष भारतले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि गर्नुपर्ने सहयोग गरेको छैन् । देशमा १ करोड २५ लाख पशु चौपाय छन् । भूसुना र लामखुट्टेबाट सर्ने यो रोगले ५५ अर्व क्षति भएको छ । यहाँ दूधको मूल्य जोडिएको छैन् । अहिले २ लाख पशु चौपाय लम्पी स्किनबाट संक्रमीत छन् । तर रोगथामका लागि शुरुमै सचेत बन्नु पर्ने जनशक्ति स्थानीय तह, प्रदेश र संघ सरकारको खण्डीकरणमा छन् । पशु सेवा विभागका संरचनालाई कृषि ज्ञान केन्द्रसँग जोडिएको छ । केन्द्रको ध्यान त्यस तर्फ छैन् । दुई वर्षसम्म यो भद्रगोल छ । मान्छेमा लागेको कोरोना रूप हो यो लम्पी स्किन ।
जो खटनु पर्छ त्यो कर्मचारी तलव नपाएर अहिले अन्यौलमा छ । भारतमा गोष्ठफक्स भ्याक्सीनको प्रयोगले रोग नियन्त्रणमा आएको छ । खुला सिमाना भएकोले क्वारेण्टाइन चेक पोष्टबाट सर्तकता जरुरी छ । तर नेपालमा त्यो छैन् । पशु विज्ञहरूले ६० देखि ८० प्रतिशत पशु चौपायमा भ्याक्सीन लगाए रोग नियन्त्रण हुने बताएका छन् । सरकारको मुख ताक्ने प्रवृत्ति सवैतिर छ । दलगत रूपमा किसान महासँघ सँघ कसैलाई चासो छैन् । कर्मचारी वर्गलाई परिचालन गर्ने सरकारलाई सचेत गराउने दायित्व पार्टीहरूको हो । यहाँ बीमा समितिहरू छन् तीनको काम आफै कमाउने मात्रै हो ।
सत्ताको रुवावासीले दलीय एकता छैन् । आँफू बाहेक अरुलाई साथ नदिने दुष्ट चरित्रका विपक्षी छन् । लुटन कतै बाँकी नराख्ने स्वार्थको खेतीमा रमाउने कम्युनिष्ट पार्टीले किसानको पार्टी भन्छ तर हक हितमा चासो दिँदैन् । सरकारले संकटको सामना गरेको छ । किसानको उत्पादनले बजार नपाउने दलाल र माफीयाको कव्जामा बजार गएको छ । तर वाणिज्य मन्त्रालय र विभागलाई चासो छैन् । सरकारले किसानका लागि मल विउको समयमा व्यवस्था गरेको बताए पनि व्यवसायमा आधारित कृषि पेशालाई मलको हाहाकारबाट मुक्त बनाउन सकेन् । कर्मचारीको हकहितका कुरा छन् । दलगत रूपमा जोडिएका कर्मचारीले राष्ट्रिय समस्यामा ध्यान दिएका छैनन् । कर्मचारी त नेता मिलेका छन् । मानवमा देखा परेकाको भिड १९ बेला सीमाक्षेत्रमा क्वारेण्टाइन राखियो । १८५० किलो मिटरको सीमाक्षेत्रमा देखाइएको सर्तकताले सरकारलाई सहयोग पुगेको थियो । तर अहिले लम्पी स्किनले ७७ जिल्ला प्रभावीत भइसके सरकारको तहवाट किसानलाई सहयोग गरेकै छैन् । किसान र मजदूरका पार्टीहरू सुन तस्करीमा लागेका वेला किसान र गरिवको चासो भएन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल