Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । यतिबेला मुलुक कोभिड–१९ को दोस्रो लहरको तीव्र सङ्क्रमणबाट जर्जर अवस्थामा छ । यस्तो अवस्थामा अहिले सरकारले रक्षात्मक रणनीतिका रूपमा निषेधाज्ञा गरेको छ । यद्यपि सङ्क्रमण भने अझै रोकिएको छैन । निषेधाज्ञाको असर यतिखेर मुलुकको अर्थतन्त्र, बजार, उद्योग, कलकारखानामा समेत परेको छ ।
ललितपूरका प्रमुख जिल्ला अधिकारीलाई कारोनाले आक्रमण गरेपछि अब प्रमुख जिल्ला अधिकारीहरुको बैठक समेत भर्चुअल विधिमा गर्नु पर्ने अवस्था सिर्जना भएको छ । निषेधाज्ञाकै कारण धेरै क्षेत्र अहिले सहज तरिकाले सञ्चालन हुन सकेका छैनन् । महंगी आकाश चुम्दा बजारको अभावले व्यवसाय चौपट भएको छ । निषेधाज्ञाकै कारण करिब ५० प्रतिशत उद्योग बन्द भइसकेका उद्योगीहरुको भनाइ छ । त्यसो त सरकारले सामान्य उत्पादनबाहेक अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुलाई निषेधाज्ञामा समेत निर्वाध सञ्चालन गर्न दिने भनेको छ । तर ती उद्योगहरु पनि निषेधाज्ञाको तीव्र चपेटामा परेका छन् ।
निषेधाज्ञाकै बीच सञ्चालित यी उद्योगहरूले अहिले कसरी काम गर्दै छन् । कर्मचारी व्यवस्थापन कसरी गर्दैछन् अनि उत्पादन र बजारको अवस्था के छ । यस्ता प्रश्न सबै तिर उठिरहेका छन् । राजधानीभित्रै पाटन औद्योगिक क्षेत्रमा सञ्चालित अत्यावश्यक उत्पादनको क्षेत्र एक डेरी उद्योगको अवस्था पनि दयनिय बन्दै छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल