Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललिता निबासको नक्कली मोही खडा गरेर जग्गा हडपेको आरोपमा मुख्य योजनाकार सुवेदी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको छ ।

मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।

सीआईबी प्रमुख धिरजप्रताप सिंहले सुवेदी दम्पति पक्राउ परेको र म्याद थपका लागि अदालतमा पेश भएको स्वीकारे ।‘उहाँहरु लगायतमाथि सरकारी कागजात कीर्ते गरेको आरोपमा छानविन चलिरहेको छ, अनुसन्धानका क्रममा हामीले पक्राउ गरेका हौं’ डीआईजी सिंहले भने, ‘थप विवरण अनुसन्धानपछि खुल्दै जाला ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो । उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशका कारण थुनामा छन् ।

सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएपछि अदालतमा हाजिर नभएका उनी लुक्दै हिडेका थिए ।

शोभाकान्त ढकाल विशेष अदालतमा हाजिर भएपछि आफू समेत हाजिर हुने र धरौटीमा छुट्ने योजनामा रहेका उनी ढकालको थुना अवधि लम्बिएपछि अदालतमा हाजिर भएका थिएनन् ।


सम्बन्धित समाचार