Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीको आव २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु माथि छलफल गरी त्यसलाई स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेस गर्ने कम्पनीले जानकारी दिएको छ।
आव २०७७÷७८ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव निर्णय गरेको कम्पनीले जानकारी गराएको छ। कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।
भारत सरकारको लगानी रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पुँजी वृद्धिको लागि कम्पनीले थप पुँजी थप्ने भएको छ। साथै कम्पनीले हकप्रद पनि जारी गर्ने भएको हो। यसका लागि प्राधिकरणबाट अनुमति समेत पाइसकेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल