Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित टेण्डी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा।३४ प ३७४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक डेण्डीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१२ जियाजोरबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका १२ बस्ने ३२ वर्षीय राजन सुनार र ईश्वरपुर नगरपालिका ९ बस्ने १९ वर्षीय सरोज यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बिआर ३० एच ७१४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार