Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट काठमाडौं बालुटार बस्ने २३ वर्षीय दिपु राज कर्णिकार र काठमाडौं चन्द्रागिरी नगरपालिका-४ झौखेल बस्ने २५ वर्षीय शम्भू गोलेलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट ३० पिस सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा।९२ प ४७५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-१० स्थित खोर्साने चोकबाट सुनसरी धरान उपनगरपालिका(१७ बस्ने २८ वर्षीय बिमल श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ ग्राम र लुप्रिजेसिक ९ एम्पुल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीले को।३३ प ६६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।