Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ

मकवानपुर । मनहरी गाउँपालिका-९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका(१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४/५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरेको हो ।
अन्य फरार व्यक्तिहरुको तदारुकताकासाथ खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल