Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाज पचाउँदै ठूला दल

काँग्रेसी लोकतन्त्र आफ्नालाई मौका अर्कालाई चौका हो । प्रधानमन्त्री केपी ओली स्वार्थलाई कानुनको सहारा लिन्छन् । काँग्रेस र एमालेमात्र त्यस्ता पार्टी हुन् । जसले मुलुकका नागरिकसँग घुस लिएर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाए । यो काण्डमा अमेरिकी दबाव आएपछि मात्र शक्तिशाली पक्रउ परेका हुन् । नेपालमा विदेशी शक्तिको दबाव बिना राजनीतिक अपराधीको छानविन हुँदैन भन्ने कुरा भुटानी शरणार्थी प्रकरण हो । ठूलो दल जोडिएका जुनसुकै काण्ड ढिसमिस गराइन्छ । एमाले र काँग्रेसले बाहेक यो मुलुकमा अरुले मौका पाउनु हुँदैन भन्ने मान्यता राख्छन् भन्ने कुरा संसदीय अभ्यासभित्रको विकृत रूप हो । हुँदा हुँदा यिनले उपसभामुख इन्दिरा रानामाथि प्रहार गरे । यिनका उपसभापति सहकारीको १२ करोड ५० लाख मितेरी सहकारी ठगी गर्दा पनि भयो । काँग्रेस र एमालेले यस्तो ठगी गर्नु नौलो होइन ।
मिल्थ्यो भने यी दुई दलले लोकसेवा आयोग र निर्वाचन आयोग मार्फत् कुनै ठाउँमा अरु दलसँग आवद्धता राख्नेहरूलाई मौका दिने थिएनन् । सकेसम्म नेपालको संविधान २०७२ उल्ट्याएर लोकतन्त्रमाथि प्रहार गर्ने दाउ यिनको छ । किनकि कांग्रेस एमालेमात्र यो देशका जिम्मेवार शक्ति हुन् । राजतन्त्र फाल्ने गणतन्त्रका लागि लड्ने शाही काल स्वीकार्ने देशका नदीनाला भारतलाई सुम्पने उतिका नाममा भारतमा बजार स्थापना गर्न नेपालको चुरे भत्काएर गिटी बालुवा तस्करी गर्ने सरकारका प्रमुख केपी ओली नै भएका बेलामा हो । काँग्र्रेस र एमालेका कार्यकर्तारूपी कानुन व्यवसायी सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा भए पनि सत्यमा टेकेर फैसला गर्ने गर्छन् । प्रधानमन्त्री केपी ओलीका निर्णयहरू पनि अदालतले खारेज गरेका छन् । सहकारीका अधिकांश ठग काँग्रेस र एमालेका कार्यकर्ता र नेता छन् । यो अभियानको मुल नायक एमाले हो । एमालेका नेता पैसा पाएपछि जस्तो निर्णय पनि गर्छन् भन्ने कुरा नेपाल ट्रष्टको सम्पत्ति माफिया समू्हलाई सुम्पनु हो । २ करोडको काम ३ करोड ५० लाख रूपैयाँ बजेट आवश्यक देखाएर १ करोड ५० लाख झ्याप पारेका उदाहरण छन् । नेताका नाममा प्रतिष्ठान खोलेर राज्यको श्रोत धुत्ने पार्टी पनि एमाले नै हो । काँग्रेसले अस्पताल खोलेको छ । पहुँच विना प्रतिष्ठानमा राज्यश्रोत आउँदैन । राज्यको श्रोत आफैं झ्याप पार्ने दुई ठूला दल सहकारी ठग्न सफल हुँदा अरु भ्रष्ट हामी सर्वश्रेष्ठ भनेका रास्वपाका सभापतिको धोती खुस्केकोले राष्ट्रका मुद्दामा अन्योल बढ्नु नौलो होइन ।