Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाजै लजाउने गरी चाकडी प्रथा

विवाद नभएको कुनै दल छैन । त्यो विवाद देश निर्माण र जनताको हितमा होइन । नेताको मन्त्री हुने, कसले मुख्यमन्त्री पाउने, कुन ठेक्का कसको भागमा प¥यो, सांसदको टिकट कल्ले हो पाउने भन्नेमै छ । पार्टीका पदमा पनि विवाद नै छ । सत्ता स्वार्थ लोकतन्त्र होइन । चाकडी तन्त्रले देशको हित गर्दैन । अहिले सदनमा भएका सबै दलमा विवाद छ । एमाले र काँग्रेसको विवाद नेता को बन्ने, मुख्यमन्त्री को हुनेमै छ । प्रधानमन्त्री ओलीलाई पूर्व राष्ट्रपतिको चम्काई मन पर्दैन । माओवादी अध्यक्ष प्रचण्डलाई जनार्दन शर्मा घुरेको मन पर्दैन । काँग्रेसका सभापति शेरबहादुर देउवालाई एक मात्रै अभिलासा छैटौं पटक प्रधानमन्त्री बन्न डा. शेखरको विद्रोह रुचिकर लाग्दैन ।
ठूलाको विचार ठूलै, आँट ठूलै छ । किनकि उनीहरू सत्तामा छन् । देशको राजश्व लुटेका छन् । मिलेर मिलाएर गरिएको त्यो लुटमा अख्तियार लाग्दैन । अख्तियारमा प्रमुख प्रेम राई आफैं विशेष अदालतको टिप्पणीबाट पनि घाइते छन् । पर्यटन सचिव र आपूर्ति सचिव बन्दाको बेला गरिएका काइते निर्णयले जोगाइएका प्रेम राईले सरकारले विदेशमा थुपारेको भ्रष्टको पैसा फिर्ता गर्ने गरी समन्वय गर्न साथ नदिएको बताएका छन् । उनको त्यो इमान्दार पत्र हो भने भ्रष्टाचार गर्न नदिने र आफू भ्रक्ष्टाचार नगर्ने घोषणा गरेका प्रधानमन्त्रीको चरित्रप्रति शंका हुन्छ ।
विचार र सिद्धान्तले पेट भर्दैन । लौ भन्नु होस् भन्दै कार्यकर्तालाई सबै सुम्पेर आफूले आफ्नो धारणा पेश नगर्ने मोहन वैद्यको धरातल कहाँ छ ? बुर्जुवाहरूको ताँतीमा पुगेको चरित्र पेटी बुर्जुवा बन्छ । सत्ता र शक्तिबाट फाइदा लिने यस्तैले हो । आज सबैतिर त्यही छ । नयाँ आएका पार्टीको हविगत जनमतका सिके राउतको पार्टी सम्पत्ति आफ्नो नाममा राख्ने चाहना नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको खटपट किन नहोस् ध्यान पैसामै छ । सहकारी ठगी काण्ड लागेका रवि लामिछाने जेलमै छन् । उनी बाहिर थिए भने उनले झन् विवादका काम गर्थे । कांग्रेसले जे सिकायो त्यो एमालेले कम्युनिष्टको नाममा सिक्यो कमाई ग¥यो । १० वर्ष संघर्ष गरेर आएको त्यो क्रान्तिकारी पार्टी आफैंमा एकजुट भएन । कमाउनेहरूका बीचमा लडाइँ भयो । विचारका कुराले भन्दा आफ्नालाई पद भएन भनेर वैद्यले फुटाएको पार्टी पनि सग्लो भएन । रामबहादुर थापाको हालत र नेत्रविक्रम चन्दको उग्रताबीच मेल भएन । थापा पुरानो घर हुँदै नेकपा एमालेको पदमा उपाध्यक्ष छन्, शैली र व्यवहार मक्कलरुपी छ नक्कली भुटानी शरणार्थी प्रकरण र सुन काण्डमा पुत्र प्रतिक थापा र श्रीमती नैनकला थापा जोडिँदा उम्कन नेकपाको विभाजनसँगै एमालेमा थन्किए । जनार्दन र वर्षमानबीचको युद्धमा तर मारेका मोहन वैद्यका भाञ्जीज्वाइँ देव गुरुङ अर्का सिआइए फ्याक्टरका एजेन्ट हुन् । त्यस्ता एजेन्ट सुरेश आले पनि हुन् । रअका एजेन्ट एमाले र काँग्रेसमा धेरै छन् भने सिआइएका एजेन्ट माओवादी र एमालेमै कम्युनिष्टको नाममा नाचेका छन् । अहिले नेताको स्वार्थ भन्दा टाढा गणतन्त्र छैन । मोहनविक्रम सिंह प्रत्यक्ष चुनाव हारेकी कान्छी पत्नी दुर्गा पौडेललाई राष्ट्रियसभामा सांसदका लागि प्रचण्ड र केपीको चाडकी गर्नु परेको छ । जहाँ एमाले महासचिव शंकर पोखरेल पत्नी, माओवादी महासचिव देव गुरुङ पत्नी यशोदा सुवेदी जनजाति कोटामा सांसद बन्नै पर्छ । किनकि संघीयता, गणतन्त्र, समावेशीताको मुद्दा नेताका पत्नी र गुटका नेताको लागि हो । जनयुद्धमा नेताको अंगरक्षक बनेका सहदेव महतरा र रमेश रसाइलीहरू माओवादीले नचिनेको अवस्थमा एमालेले सुखानी जंगलमा मारिएका विरण राजवंशी, रामनाथ ढकालका सन्तान चिन्दैन ।
व्यवस्था परिवर्तन हुने अवस्था यथावत रहने विगतको पद्दतिको ख्याल नगर्दा देश, कता पु¥याइँदैछ भन्ने कुरा पनि यहाँ गम्भीर चासोमा हुनुपथ्र्यो । तर यहाँ केपीलाई कम्युनिष्ट भन्दा काँग्रेस मनपर्छ । प्रचण्डले पनि काँग्रेस र एमालेलाई नचाएकै थिए । ०७९ को चुनावपछि उनी सुध्रिएका हुन् कि भन्ने कुरा २÷४ जना उग्रहरू उपर कारबाही चल्दा सरकार ढल्यो । आज प्रम ओलीले हाकाहाकी घुस खाने काँग्रेस र एमालेका मन्त्री च्यापेर आफैंले बोलेको बोलीमाथि दौडन थालेका छन् । कम्युनिष्ट कस्ता हुन्छन् चिन्ने र चिनाउने काम ०७२ को संविधान जारी भएपछिका गतिविधि प्रमाण हुन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल